Tuesday, March 15, 2016

सिमलु छायाले भन्ने भिडियो बनाउदा यस्तो देखियो हेर्नुहोस भिडियो!!!

काखी तथा गुप्तांगका रौँ सफाचट् पार्नका लागि विभिन्न खाले सौन्दर्य प्रशाधनका विधिहरु तर्फ आधुनिक युवतीहरु आकषिर्त हुन्छन् । उल्लेखित अंगका रौँ मात्र होइन आँखिभौँ तथा सरीरका अन्य भागमा पलाएका रौँ समेत उखेलेर वा खौरेर सुन्दर देखिने लालसा युवतीहरुमा हुन्छ र यसका लागि धेरै खर्च समेत गर्न पछि पर्दैनन् । तर दक्षिण कोरियाली युवतीहरुमा भने गुप्तांगका रौँ पाल्ने प्रचलन फस्टाएको मात्र छैन गुप्तांग क्षेत्रमा रौँ प्रत्यारोपण गर्ने चलन पनि बढेको छ ।


यो वर्षको सुरुतिर अमेरिकाको एक म्यागेजिनले न्युयोर्कका ब्यूटी सैलुनहरुमा महिलाहरुको गुप्तांगका रौँ बढाउने ब्राजिलीयन मैन विधिको क्रेज बढिरहेको समाचार छापेको थियो । गुप्तांगका रौँ पाल्ने संस्कृतिका विषयमा म्यागेजिनले विशेष अंक नै छापेकेा थियो कुनैबेला । तर अहिले दक्षिण कोरियामा गुप्तांगका रौँ पाल्ने संस्कृति नै फस्टाएको समाचार आएको छ । रिफाइनरी ट्वान्टी नाइन नाम वेबसाइटका अनुसार ‘रौँ कलमी’ दक्षिण कोरियाको विषय बनिरहेको छ । निकै बढेका तथा बाक्लो गुप्तांगका रौँ हुनुलाई कोरियामा युवतीको प्रजनन क्षमता तथा यौन स्वास्थ्यको सूचकको रुपमा मानिन्छ । त्यसैले गुप्तांगमा रौँ कम हुने युवतीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यमा कमजारे युवतीको रुपमा लिइन्छ ।


कोरियन एसोसिएसन अफ मेडिकल इडिटर्सका अनुसार दक्षिण कोरियामा हरेक १ सय जनामा १० जना युवतीहरुमा गुप्तांगमा पर्याप्त रौँ नहुने समस्या छ । यसलाई प्युबिक आटि्रकोसिस नाम दिइएको छ । गुप्तांगमा पर्याप्त रौँ नहुने यस्तो समस्या भएका युवतीहरु आफ्नो श्रीमान वा प्रेमीको दबाबका कारण पनि गुप्तांगमा रौँ प्रत्यारोपण गराउने तर्फ अग्रसर हुँदै गएको बताइन्छ । यस अन्तरगत टाउकोबाट रौँ उखेलेर त्यसलाई गुप्तांगमा प्रत्यारोपण गरिन्छ । यो निकै महंगो पद्धति भएपनि युवतीहरुले आफुलाई युवकहरुको रोजाइमा पार्न तथा यौन र वैवाहिक जिवनलाई सफल बनाउन गुप्तांगमा रौँ प्रत्यारोपण गर्ने गरेका छन् ।

कोरियन युवतीहरुले किन पाल्छन् योनीमा रौँ ? थाहा पाई राखौ ! (भिडियो सहित )..

Thursday, March 10, 2016

रामचन्द्र नेपाल
‘हजुर, लैनो भैंसी बेचेँ, ४२ हजारमा,’ श्रीमती मेनुकाले विनोदलाई फोनमा भनिन् । यो १० फागुनको कुरा हो । त्यसको हप्ता दिनपछि फेरि भनिन्, ‘हजुर, बाख्रा बेचेँ, पाँच हजारमा ।’


मेनुका महतो, घर सर्लाही जानकीनगर- ३ गंगापुर । मेनुका २१ वर्षीय विनोद महतोकी श्रीमती हुन् । घरमा सासु र तीन वर्षकी छोरी मात्र छन् । उनका श्रीमान विनोद १४ Binod-Mahatoमहिनाअगाडि रोजगारीका लागि मलेसियाका आएका थिए । श्रीमान मलेसिया छन् । तर, श्रीमतीले घरमा भैंसी र बाख्रा किन बेच्नुपर्यो त ? कथा लामो छ ।

बाबुआमा गुमाएपछि सुकुम्बासी

विनोद सात वर्षको हुँदा बुवा र आमाको मृत्यु भयो । गाउँमा छिमेकीको बिहे थियो । विनोदकी आमा घर पोत्ने माटो लिन गइन् । माटो खन्दै गर्दा ढिस्कोले पुरिएर आमाको मृत्यु भयो, बुवा पागलजस्तै भए । त्यसको एक वर्षमै बुवा पनि खसे ।

त्यतिबेला विनोदकी बहिनी पाँच वर्षकी थिइन्, बहिनी हुर्काउने जिम्मा उनकै काँधमा थियो । ५ धुर नापीको जग्गा थियो । बुवाआमाको मृत्युपछि आफन्तले उनको जग्गामा पनि आँखा गाडे । भएको जग्गा ठूलाठालुले लगे । उनीसँग अहिले एक कट्ठा ऐलानी जग्गा छ । त्यसैमा फुसको घर बनाएका छन् । त्यो घरले न पानी पर्दा ओत्छ न त घाम नै छेक्छ ।

पन्ध्र वर्षमा भारत

हजुरआमालाई बहिनीको जिम्मा लगाएर विनोद १५ वर्षको उमेरमा भारत पुगे । त्यहाँ कपडा सिलाउने काम सिके । घरको जिम्मेवारी पूरै भएकाले पनि होला निकै मेहनत साथ काम गरे । रातदिन, हिउँद-बर्खा केही भनेनन् । दुई वर्षमा पैसा पनि राम्रै कमाए । नेपाल फर्किएपछि उनी काठमाडौं आइपुगे । काठमाडौं कालोपुलमा रहेको गार्मेट उद्योगमा काम गरे । महिनाको १५ हजार त त्यो बेला उनी सजिलै कमाउँथे ।

सीपलाई गाउँमै प्रयोग

भारतमा सिकेको सीप अनि काठमाडौंमा कमाएको पैसालाई उनले जतनसाथ राखेका थिए । गाउँमा रहेको फरवार्ड भन्ने सहकारीबाट १० हजार ऋण लिएर कपडा सिलाउने मेसिन किनेर आफैँले सिलाउन थाले । कमाएर सहकारीको ऋण पनि समयमै तिरे । पछि २० हजार ऋण लिएर अर्काे सिलाउने मेसिन थपे । बहिनीको विवाह पनि गरिदिए ।

नन्दिनी टेलर्स

थोरै-थोरै जम्मा गरेको पैसाले उनी आफैँ पनि बिहे गरे । मेहनती विनोदलाई श्रीमतीले पनि निकै साथ दिइन् । यसो गर्दागर्दा एक वर्ष बितेछ । एउटा छोरी समेतको जन्म भयो । छोरी अहिले ती तीन वर्षकी छिन् ।

विनोदले गाउँभन्दा केहीपर हजार बिघा भन्ने ठाउँमा पुगेर सिलाई-कटाईको दोकान खोले । घरबाट सुरु भएको उनको सिलाई-कटाईको यात्रा बजारसम्म पुग्न भ्यायो । यताउता ऋण-धन खोजेर जम्मा भएको ४० हजार रुपैयाँले खोलेको उनको दोकानले राम्ररी कमाई गर्यो । दुई-चार पैसाको दुःख भएन । छोरीको नामबाट खोलिएको नन्दिनी टेलर्सको चर्चा टाढा-टाढा गाउँ हुन थाल्यो । खाली हात बस्नैनपर्ने भयो ।

विदेशको सपना

उनले नेपालमा राम्रै कमाई गरिरहेका थिए । गाउँका ठिटाहरू विदेश गएर आउने-जाने गरिरहँदा आफन्तले उनलाई समेत विदेशको सपना देखाए । ‘ल विनोद यत्रो सीप जानेका छौ, यसरी बसेर हुन्छ ?’ एक आफन्त पर्नेले भने । उनलाई पनि हो कि जस्तै लाग्यो । श्रीमतीलाई समेत नसुनाएर रातभरि सोचे । भोलिपल्ट उनै विदेश पठाउने आफन्तलाई भेटेर सोधे, ‘कति हुन्छ त महिनाको कमाई ?’ जवाफ पाए- लाएर खाएर ४० हजार त कतै नजा ।

पासपोर्टको मुखै देखेनन्

उनी श्रीमतीसँग सरसल्लाह गरेर काठमाडौं पासपोर्ट बनाउन हिँडिहाले । उनलाई विदेश पठाउन आफन्त पर्ने दलाल पनिसँगै काठमाडौं आए । एक हप्तामा पासपोर्ट बन्यो, तर पासपोर्ट कस्तो थियो, आफ्नै फोटो पनि थियो कि पत्ता नपाउँदै ती छिमेकीले पासपोर्ट लिएर भने, ‘ल अब तिमी गाउँ जाउ पैसाको जोहो गर भिसा झरेपछि म बोलाउँछु ।’ उनलाई एक लाख ४० हजार रुपैयाँ तयार गर्न भनियो ।

साहुको दैलो चहार्दै गाउँभरि

विनोद गाउँ फर्केर ऋणका लागि धेरैको दैलो चहारे । आफूले खोलेको पसल ४५ हजारमा बेचे । एक लाख गाउँकै साहुसँग ऋण लिए । ५० हजार रुपैयाँमा त्यही आफन्तपर्नेलाई जग्गा-जमिन दृष्टिबन्धक गरिदिए । आफूले कमाएको १० हजार गरी जम्मा उनीसँग दुई लाख पाँच हजार रुपैयाँ जम्मा भयो । उनले खर्च कटाउन सुरु गरे, पासपोर्ट बनाउँदा १० हजार खर्च भयो । सहकारीको ऋण २० हजार तिरे । घरमा खाना खर्च भनेर ३० हजार रुपैयाँ छाडेपछि बाँकी भएको रकम सबै आफन्तपर्ने दलाललाई बुझाएर दुई वर्षअगाडि उनी डिसेम्बरमा मलेसिया आइपुगे ।

दुःखका दिन एयरपोर्टबाटै सुरु

मलेसियाको एयरपोर्टबाट नै विनोदका दुःखका दिन सुरु भयो । पासपोर्ट लिएको मानिस विनोदलाई भेट्न आएन । मलेसियाको चौधमहिने बसाइँमा उनले कहिल्यै आफ्नो पासपोर्ट देख्न पाएनन् । मलेसियाबाट जोहोरबहरु पुर्याएपछि दलालसँग उनको सम्पर्क कहिल्यै पनि भएन । कम्पनीमा कुरा गर्दा ‘आफ्नो एजेन्टलाई भन’ भनियो ।

१७ कम्पनीमा काम, कमाइ ७५ हजार

चौध महिना मलेसिया बसाइँमा उनले १७ वटा कम्पनीमा काम गरे । तलब माग्दा ‘तिमीहरू इलिगल हौ’ भन्दै पैसा कम दिन्थे ।

मलेसिया बसुन्जेल मासिक तलब उनले बढीमा ७ सय ४७ र कममा ५० रिगेटसम्म पाए । कतिपय कम्पनीले पैसा दिने बेला कुरा गर्दा प्रहरी समेत बोलाउँथे । चौध महिना उनले जसोतसो ७५ हजार रुपैयाँ मात्र नेपाल पठाए ।

श्रीमतीले पठाएको पैसाले उनले एउटा ब्ल्यांकेट, एउटा लाइट, छोरीका लागि चकलेट र हजुरआमाका लागि केही सामान किनेका छन् ।

घर फर्कन भैँसी र बाख्रा बेचे

मलेसियामा अवैधानिकलाई पक्राउ गर्न सुरु गरेपछि विनोदले नेपाल फर्कने योजना बनाए । आफूसँगै काम गर्ने साथीहरुलाई आफ्नै आँखा अगाडि अवैधानिक भनी हतकडी लगाएर लगेको देख्न थाले । त्यसपछि उनलाई मलेसियामा एक छिन पनि बस्न मन भएन । घर फर्कन चाहे, तर फर्कन पैसा थिएन । घरमा फोन गरेर श्रीमती मेनुकालाई भने, ‘घरमा जे छ, त्यही बेच म नेपाल फर्कन चाहन्छु । घरमा पैसा नपठाएको धेरै भएको थियो । पठाएको पैसा सबै खानपिनमै सकिएको थियो । श्रीमतीले घरमा भएको लैनो भैँसी र बाख्रा बेचिन् र श्रीमानलाई नेपाल झिकाउने निधो गरिन् ।

श्रीमतीले पठाएको पैसाले ब्ल्यांकेट किने

यही २५ फागुनमा विनोद मलेसियाबाट काठमाडौं पुगेका छन् । काठमाडौंमा एक संस्थाको सेल्टरहाउसमा बसेर मंगलबार साँझ मात्रै उनी घर पुगेका हुन् । श्रीमतीले पठाएको पैसाले उनले एउटा ब्ल्यांकेट, एउटा लाइट, छोरीका लागि चकलेट र हजुरआमाका लागि केही सामान किनेका छन् । आफैँले सिलाएको रातो सर्ट लगाएका छन् । कालो छालाको जुत्ता लगाएको भए पनि तुना थिएन ।

क्वालालम्पुरमा बिदा हुन थाल्दा गहभरि आँसु पार्दै उनले भने, ‘लहैलहैमा विदेश आएँ । आफ्नैले ठग्दा रैछन् । साहुको ऋण जस्ताको त्यस्तै छ । दृष्टिबन्धक गर्नेलाई कानुनमा ल्याएरै छाड्छु ।’श्रोत अनलाइन खबर बाट

- See more at: http://www.lightnepal.com/5045#sthash.vgZQH6IY.Zrb4tAgA.dpuf

मलेशियाबाट श्रिमानलाई घर फर्काउन श्रिमतिले घरको लैनो भैँसि र बाख्रा बेचि पैसा पठाइन् -

काठमाडौँ को नाइट क्लब - युवतीहरुको सेक्सी डान्स >>> {भिडियो}

सेक्सी डान्स भनेको त यस्तो पो हुनु पर्छ (हेर्नुहोस भिडियो सहित)

Thursday, February 18, 2016

पोर्नस्टार अर्चना पनेरु को झकास डान्स हेर्नुहोस (भिडियो सहित)

Wednesday, February 17, 2016

काठमाडौँ, ४ फागुन - तत्कालिन विश्व फुटबलका सर्वोच्च व्यक्ति जोसेफ सेप ब्लाटर २०६८ फागुन २५ गते काठमाडौँ आएका थिए।

ब्लाटरले नेपालमा भएको निकै महत्वपूर्ण प्रतियोतिको उद्घाटन मात्र गरेनन् नेपाल र प्यालेस्टाइनबीचको खेल लाइभ समेत हेरे। खेल हेरेपछि उनले प्रतिक्रिया दिने क्रममा भने, ‘मैलै नेपाली युवा खेलाडीहरुको खेल हेरेँ, नेपालको खेल बार्सिलोनाको जस्तै छ। यहाँ खाली मेस्सीको कमी छ, टीममा मेस्सी हुनु जरुरी छ।’ उनले नेपालले राम्रो प्रदर्शन गर्ने तर गोल गर्न नसक्ने सन्दर्भलाई ब्यंग्यात्मक रुपमा यसो भनेका थिए।

ब्लाटरले नेपालमै आएर यसो भनेको ४ वर्ष पुरा हुँदा नेपालले साच्चीकै मेस्सी पाएको छ। मेस्सी बार्सिलोनाका यस्ता खेलाडी हुन् जो विपक्षको पोस्टमा गोल गर्न र गोलको अवसर सिर्जना गर्न निकै सिपालु छन् । उनले एन्फा कम्प्लेक्समा सडक बलाक तथा एकेडमीका किशोरको खेल समेत हेरे। त्यसबेला अहिले राष्ट्रिय टीममा रहेको केही खेलाडी पनि सहभागी थिए।

खेल हेरेपछि ब्लाटरले भनेका थिए, ‘एसिया भनेको भविष्य हो। यहाँ अहिले खेल्ने बालकहरु भविष्य हुन् । नेपालको भविष्य राम्रो छ।’यसरी ब्लाटरले ४ वर्ष अघि गरको कमेन्ट अहिले आएर वास्तवमै साँचो सावित भएको छ। नेपालले विपक्षीको पोस्टमा गोल गर्ने कला भएका मेस्सी जस्तै खेलाडी नवयुग श्रेष्ठलाई पाएको छ र जित पनि हात पारको छ।

४ वर्षअघि ब्लाटरले भनेको कुरा नबयुगले सत्य सावित गरे, नेपालले पायो बार्सिलोनाको मेस्सी -

अर्चना पनेरुको बास्तबिकता एस्तो रहेछ हेर्नुस भिडियो

Friday, February 12, 2016

Thursday, February 11, 2016

Tuesday, February 9, 2016

सुपर हिट डान्स गित :: हेर्नुहोस भिडियो!!!

Saturday, February 6, 2016

मलेशिया मा नेपाली केटी हरुको यस्तो चतिकला!! हेर्नुहोस भिडियो सहित

Friday, February 5, 2016

Sunday, January 24, 2016

क्याबिन रेस्टुरेन्ट >>> {भिडियो}

Pages (11)123456 Next

 
Videos & Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism