Monday, February 8, 2016

आखिर को हुन् त सतिस "किर्तन खड्गी" ? उनको फ्यामिली ब्यागराउण्ड देखि सम्पूर्ण कुरा यहा पढ्नुहोस !!!

रञ्जन अधिकारी क्षेत्री- ‘ह्वाट इफ अल द आर्मीज् लुज देयर जब्स् ?’ लेखिएको रातो रंगको हुड, खैरो ट्रयाक, लामो कपाल पालेका, निराश अनुसार । यो हुलिया थियो । ‘सबै सुरक्षाकर्मीहरु जो आफ्नो जिम्मेवारीबाट च्युत हुन्छ अनि के हुन्छ?’ यस्तो मर्मस्पर्शी शब्द छातीमा बोके उनले तर व्यवहारतः चुके । छातिमा टाँसिएको वाक्यांश झैं सुरक्षाकर्मी उनलाई पक्राउ गर्न भने चुकेनन् । सोमबार दिउँसो ठीक साढे १ बजे । जिल्ला प्रहरी कार्यालय, कास्कीको छतमा खचाखत सञ्चारकर्मीमाझ उभ्याईएका थिए सनसनीपूर्ण योरुना हत्या घटनाका अभियुक्त कृतन खड्गी । गत माघ १८ गते राति भएको घटनाको अभियुक्तलाई कास्की प्रहरीले ठ्याक्कै एक हप्तामा सार्वजनिक गरेको हो । अभियुक्त पोखरा ९ नयाँबजारका २१ वर्षीय कृतनलाई सबैले सतिश नामले चिन्छन्। बाहिरको आवाज चर्को आयो ‘हत्यारालाई फाँसी दे’, ‘हत्यारलाई बाहिर ले’

घोसेमुण्टो लगाएर प्रहरीमाझ उभिएका सतिश झुलुक्क बाहिर चियाउन प्रयास गरे । बाहिर भिड बाँक्लिँदै थियो । जिप्रका कास्कीको गेट बाहिर प्रहरीको बाक्लो उपस्थितिबीच नाराबाजी चर्को थियो । उनीहरु थिए गत माघ १९ गते बिहान पोखरा नयाँगाउँमा मृत फेला परेकी योरुना पुन (नेहा) का आफन्त तथा न्यायका पक्षधरहरु । चार वर्ष नपुग्दै बुबाको निधन भयो । सबै जिम्मेवारीको वहन गर्नुपर्ने दायित्व थियो सतिशको । एक्ली आमाको सहारा बन्नुपर्ने सतिश आफ्नै साथीको हत्या गरेर अपराधीको कलंकको टीका लगाउँदै जेलमा रहनेछन् अब । महिला दिवसका दिन मार्च आठमा सतिशले फेसबुकमा स्टाटस लेखे ‘आज नारी दिवस, रेस्पेक्ट देम गाईज, दे मिन्ट अ लट फर अस ।’ आज त्यहि सतिश एक नारीको हत्या अभियोगमा प्रहरी हिरासतको चिसो छिँडिमा छन् । यौनको भोक जागेका बेला नशाको सुरले सधैं समसाथमा रहने साथीको हत्या गरेपछि रोएर दिन बित्नेछ उनको । नेहाको हत्या भएको ठीक एक हप्ताअघि सतिशको जन्मदिन थियो । २५ जनवरीमा फेसबुकमा पहिलो बर्थडे विश योरुना पुन मगरको नाममा छ । राति १२ बजेर १९ मिनेटमा उनले लेखेकी छिन् ‘ह्याप्पी बर्थडे प्यारो दाइ । गड ब्लेश यु दाइ ।’ र सतिशले सबेरै जवाफ फर्काएका छन् ‘थ्यांक यु सो मच बहिनी’ । साथीको सम्बन्ध रहेपनि सतिशलाई नेहाले दाइ भन्ने गर्थिन् । ओपन हाउसमा बर्थडे सेलेव्रेशन सहितका फोटोहरु पनि सतिशले अपलोड गरेका छन् । उनीहरुबीचको सम्बन्ध कति गाढा थियो भने सतिशका कभर फोटो सहितका प्रायः फोटोहरुमा नेहा नै छिन् । नेहाको कभर फोटोमा समेत सतिश सहितका केटाहरु छन् । नेहाका निकट साथीका अनुसार उनले सतिशलाई मन पराउने थिईनन् । उनले गुरुङ थरका अर्का युवकलाई मन पराउँथिन् । नेहा र सतिश दुवै एल.ए. उच्च माविमा पढेका हुन् । नेपाल भारत मैत्री विद्यालयबाट एसएलसी पास भएपछि नेहा एलएमा पढिन् र हालै प्रकाशित १२ कक्षा नतिजामा उनलाई दुई विषय लागेको छ । सतिशको गेम हाउस थियो । सबै साथीहरुसँग उनी निकट थिए । नेहा जस्तो निकट साथीको हत्यापछि साथीहरु समेत अचम्मित छन् । सतिश मःमः युजर नेम भएको सतिशको वालमा सीमा लामिछानेले लेखिन्– ओ माई गड । मोमो तैले के गरिस् यस्तो ? आई क्यान्ट विलिभ तैले यस्तो गरिस् भनेर । के सोचेको थिएँ तलाईं । कित यस्तो गिरेको काम गरिस् ?’ यस्तै, नेवार्नी केटी सपनाले लेखेकी छिन्– ‘मोमो साथी किन गरेउ यस्तो गल्ती तिमीले ? गर्न हुन्थेन तिम्ले यो गल्ती । मैले त सोचेको पनि थिएन यस्तो गल्ती गर्छौ भनेर ।’ सानैदेखि घमण्डीका रुपमा छिमेकीले चिन्ने गरेपनि साथीहरुमाझ प्रिय थिए सतिश र सबैले मःमः नामले बोलाउथे । अभियुक्तका रुपमा सार्वजनिक भएपछि सोमबार फेसबुकको सर्च बटनमा सतिशको प्रोफाइल पपुलर सर्चका रुपमा दर्ज गरेको छ । दिउँसो तीन बजेसम्म उनलाई ६३ हजार बढिले हेर्न खोजेको देखिन्छ । १०६४ जना लिस्टमा रहेको उनलाई कतिले त सुरुदेखि अन्तिमसम्मका पोष्टमा गाली गरेका छन् भने सयौंले ओपन प्रोफाइल रहेको सतिशलाई अश्लिल गालीको वर्षा गरेका छन् । (पोखराको बिग एफएममा कार्यरत रञ्जन अधिकारी क्षेत्रीको रेडियो रिपोर्ट, जुन साउन्डक्लाउडमा छ, बाट साभार)

About the Author

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
Videos & Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism