Sunday, March 13, 2016

भैरहवाको एसआर होटलबाट ४ भारतीय युवा र ६ युवती पक्राउ

भैरहवा, ३० फागुन - जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाको देवकोटा चोकस्थित एसआर होटलबाट ४ भारतीय युवा र ६ युवतीलाई पक्राउ गरेको छ।

त्यस्तै भारतीय युवाहरुलाई यौन क्रियाकलापका लागि युवती मिलाइदिने थप दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ पर्नेहरुमा भारत फैजावादका सैभाग यादव, विशाल सिंह, राकेश सिंह र अनिल कुमार सिंह रहेको छन्।

त्यस्तै युवती मिलाइदिनेमा नवलपरासी भुमही १ का रामबहादुर रुचाल र बुटवलस्थित ककटेल रेष्टुरेण्टका सञ्चालक गब्बर श्रीसमगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

पक्राउ परेका ६ जना युवतीहरु रुपन्देही, कपिलवस्तु, बाग्लुङलगायत जिल्लाका छन्। होटलमा होहल्ला गरिरहेको प्रहरीलाई सूचना आएपछि उनीहरुलाई होटलबाट शनिवार राति १२ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक धर्मराज भण्डारीले बताए।

पक्राउ परेकाहरु माथि मानव बेचबिखन तथा ओसार पसार अन्तर्गत मुद्दा चलाइने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About the Author

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
Videos & Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism