Friday, February 12, 2016

१०० वर्ष पछि पुरा भएको एउटा भविष्यवाणी

सारभरिका बैज्ञानिकहरुले विहीबार मानव इतिहासमै पहिलो पटक गुरुत्वाकर्षणको तरंग सुनेका छन् । अल्बर्ट आइन्स्टाइनले करिव १ शताब्दी अघि गरेको यो भविष्यवाणी विहीबार पुरा भएको छ । यो समाचार विश्वभरी हेडलाइन र सनसनीकोरुपमा समेत देखिएको छ ।



यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज समेत भनिएको छ । करीब १ दशमलव ३ अर्व वर्ष अघि दुइ ब्ल्याक होल एक आफसमा टकराएका थिए । उनीहरुको टकरावमा एक विशाल गुरुत्वाकार्षण तरंग पैदा भयो । जुन सन् २०१५ को सेप्टेम्बरमा मात्र पृथ्वीमा आइपुगेको थियो ।


आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तलाई सही ठहर्‍याउने यो आवाजलाई बिहीबार भौतिकशास्त्रीहरुको एउटा समूहले पत्रकार सम्मेलन गरी सार्वजनिक गरे ।

अमेरिकी नेशनल साइन्स फाउण्डेशनका दिर्देशक फ्रान्स कोरडोवाले यो खोज गरेका थिए । ग्यालिलियोले पहिलो पटक दुरविनको प्रयोग गरे जस्तै यो प्रयोगलाई पनि शताब्दीकै पहिलो प्रयोग मानिएको छ ।

अमेरिकी सञ्चार माध्यमले यो आवाजलाई फोनको आविस्कार गर्ने अलेक्ज्यान्डर ग्राहमबेलको ‘मिस्टर वाट्सन- कम हियर’ सँग तुलना गरेका छन् ।

किन ऐतिहासिक

आइन्स्टाइनका अनुसार ब्रम्हाण्ड यस्ता गुरुत्व तरङ्गहरुले भरिपूर्ण छ । तर, बेलायतको इम्पेरियल कलेज लण्डनका भौतिकशास्त्री डा. टोबि वाइजम्यानका अनुसार जताततै गुरुत्व तरङ्गहरु भए पनि हामीले अहिलेसम्म प्रत्येक्ष रुपमा यसलाई नदेख्नु कुनै अनौठो कुरा होइन । उनी भन्छन्, ‘गुरुत्व भनेको सबैभन्दा कमजोर बल हो र अन्तरिक्षमा हुने ठूलाभन्दा ठूला घटनाले पनि निकै थोरै वा भनौँ निकै कमजोर गुरुत्व तरङ्ग मात्र उत्पन्न गर्छ ।’

सन् १९१५ को नोभेम्बर २५ मा अल्बर्ट आइन्स्टाइनले सामान्य सापेक्षतावादको सिद्धान्तको अन्तिम पेपर प्रसियन एकेडमी अफ सायन्सेजलाई बुझाएका थिए । उनको यो सिद्धान्तले भौतिकशास्त्रले खगोल, काल र गुरुत्वाकर्षण बल बुझ्ने तरिकालाई बृहत रुपमा परिवर्तन गरिदिएको थियो । सामान्य सापेक्षतावादको सिद्धान्तबाट अहिले हामीले ग्रहहरुको चालदेखि लिएर ब्ल्याक होलको अस्तित्व जस्ता खगोलिय घटनाहरुको व्याख्या गर्न सफल भएका छौँ भने जिपिएस जस्ता प्रविधिहरुको विकास पनि गरेका छौँ ।

सामान्य सापेक्षतावादको सिद्धान्तमा आइन्स्टाइनले गुरुत्व तरङ्गको जुन भविष्यवाणी गरेका थिए, त्यसलाई पहिलो पटक वैज्ञानिकहरुले प्रयोगात्मक रुपमा प्रत्येक्ष अवलोकन गर्न सफल भएका हुन् ।

यो किन महत्त्वपूर्ण छ भने यसले ब्रह्मान्डको सञ्चालन कसरी हुन्छ भन्ने हाम्रो बुझाइलाई मात्रै सुधार गर्दैन, यसको अध्ययनका लागि एउटा नयाँ ढोका खोलेको छ।

गुरुत्व तरङ्ग भनेको अति धेरै पिण्ड भएका खगोलिय वस्तुहरु चालमा रहँदा उत्पन्न हुने तरङ्ग हो । हुन त धेरै पिण्ड भएका वस्तुहरु मात्र होइनन्, जतिसुकै पिण्ड होस्, चालमा भएको पिण्डले गुरुत्व तरङ्ग उत्पन्न गर्छ । तर, थोरैपिण्ड भएका वस्तुहरुले उत्पन्न गर्ने गुरुत्व तरङ्ग नगन्य मात्र हुन्छ ।

भिडियो र आवाज सुन्नुस्

गुरुत्व तरङ्गलाई पानीको तरङ्ग जस्तै कल्पना गर्न सकिन्छ । तपाईंले स्थीर पानी, जस्तै पोखरी वा तालमा ढुङ्गा खसाल्नुभयो भने त्यहाँ पानीको तरङ्ग उत्पन्न हुन्छ । पानीको तरङ्ग भनेको आधारभूत रुपमा भन्नुपर्दा ऊर्जा नै हो । ढुङ्गा पानीमा फाल्दा ढुङ्गाको चालको कारण पानीका अणुहरु हल्लिन्छन् । पानीका अणुहरुमा आएको यो हल्लाइबाट पानीमा तरङ्ग उत्पन्न हुन्छ । यसरी उत्पन्न हुने पानीको तरङ्ग ढुङ्गा खसालेको ठाउँबाट चारैतिर वृताकार रुपमा फैलिन्छ । ठिक त्यसै गरी कुनै पिण्ड अन्तरिक्षमा हल्लिँदा वा चालमा रहँदा त्यसले अन्तरिक्षमा खलबल पैदा गरिदिन्छ, अथवा भनौँ पिण्डका कारण अन्तरिक्ष वक्र हुने प्रकृया अनियमित हुन्छ । यस्तो अनियमितता पानीको तरङ्ग जस्तै पिण्डको चारैतिर फैलिन्छ ।

About the Author

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
Videos & Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism