Monday, January 25, 2016

बिन्दु परियारः यौनकर्मीबाट साहसको पर्यायबाचीसम्म (कास्कीदेखि अमेरिकासम्मको दर्दनाक कथा)





पोखरा हेम्जामा जन्मे हुर्केकी बिन्दु परियारको नाम अमेरिकाकी नेपाली पोर्नस्टारका रुपमा चर्चामा आउने गर्दथ्यो । उनी गरिब परिवारमा जन्मेकी थिइन् । गरिब परिवारमा जन्मनु उनको अपराध होइन् । नेपालबाट अमेरिका आएर समाजविपरित कामका लाग्नु पनि उनको अपराध होइन । यो सबै नियतिले गर्दा उनले र उनी जस्ता धेरै युवतीहरुले भोग्नु परेको छ भने कतिले अहिलेसम्म अदृश्य भएर भोगिरहेको हुनुपर्छ । यसमा दोष बिन्दुहरुको हो वा विन्दुहरुलाई बदनाम बनाउने टम रेन्डेज जस्ता यौन पीपासुहरुको हो । कतै यसमा हाम्रो समाज, हाम्रो ढोङ्गी मान्यता र हाम्रो प्रजातन्त्रको नाममा स्थापना हुने प्रजातान्त्रिक तरिकाले शोषण गर्ने सरकार र राजनीतिक दलहरुको हो । यस विषयमा भनिरहनुपर्ला जस्तो लाग्दैन् । एकजना टमले १९९० को दशकदेखि नेपाली चेलीलाई आफ्नो शिकार बनाएर पहिला बिन्दूकी काकी, त्यसपछि बिन्दुकी बहिनी पर्ने सीता र अन्त्यमा बिन्दुलाई सजिलै नेपालबाट नेपाली कानून अनुसार बिहे गरेर राहदानी बनाएर, अमेरिकाको भिसा लगाएर अमेरिका पु¥याउँछन् । यो त एउटै परिवारका नाता गोताहरु परेर फेहरिस्त तयार भयो । यो भन्दा पहिले र अब फेरि नहोला भनेर कस्ले ग्यारेन्टी दिने ? यो दोषको भागिदार को हो ? दोषी को हो ? ६०१ सांसद बनाएर ६ उपप्रधानमन्त्रीसहित ४० मन्त्रीहरु पालेर बस्ने गरिब देश नेपालको प्रशासन हो वा बिन्दु जस्तो भाग्य पाएर जन्मन बाध्य भएका चेलीहरु । दोष कस्को ? दोषी को ?
बिन्दुको बारेमा आज समाचार पढेपछि उनको अतीत खोतल्न मन लाग्यो । तर खोतल्दैजाँदा आफैलाई ग्लानी भयो । कतै महिला भएरै देशको सर्वच्च स्थानमा विराजमान भएकी राष्ट्रपतिमाथि विधुवाको आरोपमा मन्दिरमा प्रवेश रोकको प्रसङ्ग त कतै महिला भएरै बोक्सीको आरोपमा फोहोर खानै पर्ने र समाजको ढुङ्गा सहनैपर्ने बाध्यता त कतै बिन्दुको कथाव्यथा । सबैमा महिला जोडिएको छ ।
द गुन्दु्रक पोष्टमा बिन्दूले सुनाएको उनको जीवन वृत्तान्त पढेँ अनि उनको बारे अहिलेसम्म समाजमा परेको भ्रमलाई हटाउन एउटा लेख्न मन लाग्यो । उनी एक गरीब, दलीत र भूमीहीन परिवारमा जन्मेर नियतिले अमेरिका पुगेकी थिइन । तर उनले आफूलाई कमजोर बन्न दिइनन् । आफ्नो अधिकारको लडाईमा लड्दै अन्ततः अदालतबाट आफूलाई यौनदासी बनाएर शारीरिक र आर्थिक रुपबाट शोषण गर्दै आएका यौन पीपासुलाई अदालतबाट ७.२५ मिलियन डलर जारीवाना क्षतिपूर्तिका लागि दिन बाध्य गराइछोडिन । यो जित बिन्दुको मात्र नभएर यो जित सबै पीडित नारीहरुको भएको छ । अधिकारका लागि नलडेर नै नारीहरु शोषित र पीडित भएर पिल्सिएर बाँच्न बाध्य भएका छन् । यो शोषित पीडित भन्ने शब्द सानैदेखि सुन्दै आएको छु र राजाकालदेखि पञ्चायतकालसम्म अनि काँग्रेसकालदेखि बामपन्थी (एमाले र माओवादी) कालसम्म जनताहरु यसरीनै शोषित पीडित भएर बसेका छन्, जसरी पहिले थिए । त्यसमा पनि एकातिर हामी महिलालाई देशको सर्वोच्च स्थानमा राख्छौं भने अर्कोतिर शोषित पीडित हुँदै आएको महिलामाथि कहिल्यै समाधान खाज्दैनौं ।
Tom-Sewell-Bindu-Pariyar-Nepal-Child
टम र काकीसँग एक वर्षकी बिन्दु
को हो टम ?
टम जसले पहिले विन्दुकी काकीलाई बिहे गरेका थिए । अनि काकीसँग सम्बन्धविच्छेद गरेर उनकै दिदी पर्ने सीता परियारलाई बिहे गरे । टमले सीतालाई पनि यौनदासी बनाएर राखका थिए । उनीबाट पनि आर्थिक लाभ लिन यौनजन्य क्रियाकलापमा लाग्न बाध्य बनाएको थिए । तर सीताले पनि उसलाई छाडेपछि टमले विन्दुसँग बिहे गरे। टम र बिन्दूका बीच ३० वर्षको अन्तर छ । उनले बिन्दुलाई घरको गरिबी देखेर जन्मेपछि नै उनलाई पढाइदिने बाचा गरेर अमेरिकाबाट पैसा पठाएर पढाई पनि रहेका थिए । बिन्दुले ज्ञानुबाबा स्कुलबाट १२ कक्षासम्मको पढाइ पूरा गरी नर्सिङ्ग गर्ने सपना बोकेर अमेरिका आएकी थिइन । तर अमेरिकाले उनलाई नर्सको ठाँउमा नेपाली पोर्नस्टार भनेर परिचय थोपरी दिए। उनलाई टमले डरत्रास देखाएर अनि चरम यातना दिएर जबरजस्ती यौन उद्योगमा फसाए । अमेरिकामा आएर टमले बिन्दुसँग बिहे पनि गरेका थिए । अर्को शब्दमा भन्ने हो भने हामीले जसरी पाल्तु पशु (खसी, बंगुर, कुखुरा आदि) लाई सानैमा ल्याएर पालेर हुर्काइबढाई गरेर काटेर खाने गर्छौँ त्यसरीनै टमले बिन्दुलाई जन्मेदेखिनै आफ्नो प्रयोजनका लागि पढाई दिने भनेर लगानी गर्दै आएका थिए र पछि बिहे गरेर अमेरिका पु¥याई छाडे । तर बिन्दुले अमेरिका आएपछि बिस्तारै यहाँको कानून बुभ्mदै गएपछि आफूमाथि यौन शोषण भएको र घरेलु हिंसा भएको बारे बुझेर मुद्दा हालेपछि बल्ल छुटकारा पाइन् । अदालतले जबरजस्ती यौन शोषण र शारीरिक यातना दिएको अभियोगमा टेक्सास स्टेट डिस्ट्रिक्ट जज मार्टिन हफमेनले उनको पूर्वपति टम रेन्डेल सेवेललाइ ७.२५ मिलियन अमेरिकी डलर जरीवाना तिर्न आदेश दिएको छ । डालस मर्निङ न्युजले दिएको जानकारी अनुसार अदालतले बिन्दुकी पूर्वपति टमलाई अनलाइनमा रहेका बिन्दुको फोटो र भिडियोसमेत हटाउन आदेश दिएको छ । सन् २०१० मा कानुनी बिहे गरेका टम र बिन्दुले सन् २०१२ मा टमसँग सम्बन्धविच्छेद गरेकी थिइन् । सम्बन्धविच्छेदपछि बिन्दुले आफूलाई देहब्यापारमा जबर्जस्ती लाग्न बाध्य पारेको भन्दै टमविरूद्ध क्षतिपूर्तिको माग र अनलाइनबाट उनको नग्न फोटोहरू र बाध्यतापूर्वक यौन सम्बन्ध राख्दै गरेका भिडियोहरु हटाउन माग गर्दै टेक्सास अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
अदालतको फैसलापछि परियारले खुसी व्यक्त गर्दै आफू सामान्य जीवनयापन गर्न चाहेको बताइन् । उनले डलसन्युजसँग भनेकी छिन्, ‘यो मेरो लागि मात्र होइन, मानव बेचबिखन रोक्नका लागि राम्रो सन्देश पनि हो । म सबैलाई देखाउन चाहन्छु कि म पनि हिम्मतवाली हुँ ।’ अदालतको आदेशको बेला उनका पूर्वपति अदालतमा उपस्थित नरहेको बताइएको छ ।
नर्स बन्ने सपना बुनेर अमेरिका पुगेकी बिन्दुलाई टमले श्रीमती र यौन दासी बनाएर राखेका थिए । टमले ‘तँलाई यहाँसम्म ल्याउन मेरो थुप्रै लगानी परेको छ ।’ भन्दै बिन्दुलाई नाइट क्लबमा काम गर्न दबाब दिदै नांगा फोटा र भिडियोहरु सार्वजनिक गरिदिने, बाआमालाई देखाइदिनेसम्मको धम्की दिएर उनको पासपोर्ट लगायतका सबै कागजपत्रहरु कब्जामा लिएर डरत्रासमा बाँच्न बाध्य गराउँदै आफ्नो स्वार्थपूर्तीका लागि उनको प्रयोग गर्दै गए। हप्तामा सातै दिन अनि दिनमा १२ घण्टासम्म काम गर्नुपर्ने बाध्यता र त्यसमा पनि प्रत्येक दिन क्लबमा नग्न नृत्य गरेर वा अन्य काम गरेर भए पनि ८०० देखि १००० डलर कमाएर दिनै पर्ने दबाबका साथ उनी यातनाको पिङमा मच्चिन बाध्य भइरहिन । अक्टुबर २०१० मा पाताल (अमेरिका) प्रवेश गरेकी बिन्दुले यातना सहदासहदै अन्ततः २०१२ मा पारपाचुकेका लागि निवेदन दर्ता गराइन् । तर फेरि माफी र गल्तीको नाटक देखाएर टमले फकाएपछि मातृ ह्दयको नारी मन पग्ली हाल्यो । तर केही दिनमा नै टमले आफ्नो दानव रुप देखाउन थाल्यो । बेल्टले पिट्ने, जबरजस्ती आफ्नो मुत्र खुवाई दिने, रक्सी खुवाएर यौन भिडियो बनाउने, बुवाआमालाई नाङ्गो फोटोहरु पठाइदिने धम्की, पासपोर्ट र अन्य कागजपत्रहरु नदिने र नष्ट पारी दिने धम्की देखाएर शोषण गर्दै आएको थियो । तर बिन्दुले टेक्सस्को डालसमा रहेका मानवअधिकारवादी संस्था र घरेलु हिंसामा परेकाहरुको लागि खोलिएका आश्रयमा गएर आफ्ना पीडा बिसाएपछि आज बिन्दुले निसाफ पाएकी छिन् । उनले यतिका यातना र पीडादायी जीवन पाएर पनि केही पैसा बचत गरेर नेपालमा आमाबुवाको लागि घर बनाइ दिएकी छिन् भने भाइलाई पढाउँदै आएकी छिन् । अब उनले आफुसँगै आफ्नो परिवारलाई क्षतिपूर्तिबापत पाएको ७.२५ मिलियन डलरबाट सुखको अनुभव गराउने छिन् ।
आज बिन्दु परियार नयाँ जीवनको गोरेटोमा पाइला बढाउदै नयाँ गन्तब्यतिर लम्की रहेकी छिन् । उनको बाल्यकालदेखिको सपना भनेको नर्सिङ्ग रहेकोले नर्सिङ्ग क्यम्पसमा भर्ना पनि भई सकिन । उनले आफ्नो अतीतको दाहसंस्कार गरेर टमको पीण्डदान पनि गरी सकिन । उनलाई उनको मित्रले यसमा साथ दिँदै आएका छन् र उनीहरु बिन्दुको अतीतलाई बिर्सेर वर्तमानमा हाँस्दै रमाइलो भविष्य बनाउने सपना बोकेर प्रेमको बारीमा प्रीतिको फुल फुलाउँदै छन्

About the Author

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
Videos & Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism