Thursday, February 11, 2016

नेहा हत्याकाण्डको गहिरो अनुसन्धान गर्न पीडित पक्षको माग

पोखरा, २८ माघ

नेहा भनिने योरुना पुन हत्याकाण्डमा उनका परिवार तथा आफन्तजनले प्रहरीले सार्वजनिक गरेको विवरणमा चित्त नबुझेको भन्दै थप दबाव सुरु गरेका छन् । यसअघि प्रहरीले माघ २५ मा पत्रकार सम्मेलन गरी नेहाका धर्म दाइ भनिने नयाँबजारका २१ वर्षे कृतन खड्गीलाई नेहा हत्या अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको थियो ।



पुन समाज नेपाल नगर समितिको नेतृत्वमा बिहीबार पोखरामा बृहत दबाब जुलुस निकालेको छ । ¥यालीका सहभागीले चर्को नाराबाजी गर्दै घटनाको गहिरो अनुसन्धान गर्न र र सार्वजनिक गरिएका अभियुक्तमाथि कडा कारबाहीको माग गरेका छन् ।

उनीहरुले शव वैज्ञानिक परीक्षण गर्नुपर्ने, पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, अनुसन्धानपछि थप अभियुक्त पक्राउ गरी सजाय दिनुपर्ने, घटनास्थलमा शवसँगै फेला परेका कपडाको वैज्ञानिक परीक्षण गर्नुपर्ने, दोषीलाई आजीवन काराबास सजाय हुनुपर्ने माग गरेका छन् ।

चिप्लेढुंगा मानवअधिकारचोकबाट सुरु जुलुस जिल्ला प्रहरी कार्यालय, महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, सिर्जनाचोक, राष्ट्रबैंकचोक हुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्नामा परिणत भएको थियो ।

पुन समाज नेपालका वरिष्ठ केन्द्रिय उपाध्यक्ष खिमन पुनले प्रहरीले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टमा पूर्णरुपले चित्त नबुझेकाले दबाबमूलक कार्यक्रम गर्न लागिएको बताए । घटनामा कृतन एक्लैको संलग्नता नभई अन्य ब्यक्ति हुनसक्ने र नेहामाथि सामुहिक बलात्कार पनि भएको हुनसक्ने आफन्तको आशंका रहेकाले सोहि अनुसार अनुसन्धान गर्न उनले आग्रह समेत गरे ।

प्रहरीले भने घटनाको प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गरे पनि पूर्ण विवरण विस्तारै आउने बताए । न्यूरोडस्थित स्माइल क्याफेकी रिसेप्सन पोखरा–१५ की १८ वर्षे नेहाको शव माघ १८ मा उनको घरभन्दा ३ सय मिटर टाढा अवस्थामा फेला परेको थियो । उनी मगर भाषाको चलचित्रकी नायिका पनि हुन् ।

प्रहरी अनुसन्धानका क्रममा खुलेअनुसार कृतनले अन्य साथीहरुसँग ओपन टेवल रेस्टुरेन्टमा बसी मादक पदार्थ सेवन गरेको र नेहालाई राति ९ बजे घर पु-याउन मोटरसाइकलमा जानेक्रममा घर नजिक पुगेपछि कृतनले उनलाई लेकसाइडतिरकै होटलमा बसौ, रमाइलो गरौ भन्ने प्रस्ताव राखेका थिए ।

तर नेहाले उक्त प्रस्ताव अस्वीकार गरेकी तर कृतनले लगातारको दबाव दिँदा नेहाले अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेपछि कृतले हेलमेट नेहाको टाउकोमा ३–४ पटक प्रहार गरेका थिए । टाउकोमा प्रहारपछि यौनसम्पर्क गर्न खोज्दा नेहाको नाक र कानबाट रगत बसेको देखेपछि डराएर घरतर्फ गएको प्रहरीसमक्ष बयान दिएका छन् ।

About the Author

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
Videos & Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism