Tuesday, March 15, 2016

सिमलु छायाले भन्ने भिडियो बनाउदा यस्तो देखियो हेर्नुहोस भिडियो!!!

काखी तथा गुप्तांगका रौँ सफाचट् पार्नका लागि विभिन्न खाले सौन्दर्य प्रशाधनका विधिहरु तर्फ आधुनिक युवतीहरु आकषिर्त हुन्छन् । उल्लेखित अंगका रौँ मात्र होइन आँखिभौँ तथा सरीरका अन्य भागमा पलाएका रौँ समेत उखेलेर वा खौरेर सुन्दर देखिने लालसा युवतीहरुमा हुन्छ र यसका लागि धेरै खर्च समेत गर्न पछि पर्दैनन् । तर दक्षिण कोरियाली युवतीहरुमा भने गुप्तांगका रौँ पाल्ने प्रचलन फस्टाएको मात्र छैन गुप्तांग क्षेत्रमा रौँ प्रत्यारोपण गर्ने चलन पनि बढेको छ ।


यो वर्षको सुरुतिर अमेरिकाको एक म्यागेजिनले न्युयोर्कका ब्यूटी सैलुनहरुमा महिलाहरुको गुप्तांगका रौँ बढाउने ब्राजिलीयन मैन विधिको क्रेज बढिरहेको समाचार छापेको थियो । गुप्तांगका रौँ पाल्ने संस्कृतिका विषयमा म्यागेजिनले विशेष अंक नै छापेकेा थियो कुनैबेला । तर अहिले दक्षिण कोरियामा गुप्तांगका रौँ पाल्ने संस्कृति नै फस्टाएको समाचार आएको छ । रिफाइनरी ट्वान्टी नाइन नाम वेबसाइटका अनुसार ‘रौँ कलमी’ दक्षिण कोरियाको विषय बनिरहेको छ । निकै बढेका तथा बाक्लो गुप्तांगका रौँ हुनुलाई कोरियामा युवतीको प्रजनन क्षमता तथा यौन स्वास्थ्यको सूचकको रुपमा मानिन्छ । त्यसैले गुप्तांगमा रौँ कम हुने युवतीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यमा कमजारे युवतीको रुपमा लिइन्छ ।


कोरियन एसोसिएसन अफ मेडिकल इडिटर्सका अनुसार दक्षिण कोरियामा हरेक १ सय जनामा १० जना युवतीहरुमा गुप्तांगमा पर्याप्त रौँ नहुने समस्या छ । यसलाई प्युबिक आटि्रकोसिस नाम दिइएको छ । गुप्तांगमा पर्याप्त रौँ नहुने यस्तो समस्या भएका युवतीहरु आफ्नो श्रीमान वा प्रेमीको दबाबका कारण पनि गुप्तांगमा रौँ प्रत्यारोपण गराउने तर्फ अग्रसर हुँदै गएको बताइन्छ । यस अन्तरगत टाउकोबाट रौँ उखेलेर त्यसलाई गुप्तांगमा प्रत्यारोपण गरिन्छ । यो निकै महंगो पद्धति भएपनि युवतीहरुले आफुलाई युवकहरुको रोजाइमा पार्न तथा यौन र वैवाहिक जिवनलाई सफल बनाउन गुप्तांगमा रौँ प्रत्यारोपण गर्ने गरेका छन् ।

कोरियन युवतीहरुले किन पाल्छन् योनीमा रौँ ? थाहा पाई राखौ ! (भिडियो सहित )..

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको लक्षण हो । यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् ती मध्ये केही यहाँ भनिएको छ ः

१. बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

२. अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

३. आलुको जुस
आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।

४. अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।

५. बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा Antacid भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।

६. दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।

७. हिंग
हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।

८. जिरा बिउ
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।

९. लसुन
२ ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु ।

१०. सौंप
सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सौंपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस् ।

११. पुदिना
एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई / तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।

ग्यास्ट्रिकका उपचार अब आफैँ गर्न सकिने!!!!

Sunday, March 13, 2016

भैरहवा, ३० फागुन - जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाको देवकोटा चोकस्थित एसआर होटलबाट ४ भारतीय युवा र ६ युवतीलाई पक्राउ गरेको छ।

त्यस्तै भारतीय युवाहरुलाई यौन क्रियाकलापका लागि युवती मिलाइदिने थप दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ पर्नेहरुमा भारत फैजावादका सैभाग यादव, विशाल सिंह, राकेश सिंह र अनिल कुमार सिंह रहेको छन्।

त्यस्तै युवती मिलाइदिनेमा नवलपरासी भुमही १ का रामबहादुर रुचाल र बुटवलस्थित ककटेल रेष्टुरेण्टका सञ्चालक गब्बर श्रीसमगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

पक्राउ परेका ६ जना युवतीहरु रुपन्देही, कपिलवस्तु, बाग्लुङलगायत जिल्लाका छन्। होटलमा होहल्ला गरिरहेको प्रहरीलाई सूचना आएपछि उनीहरुलाई होटलबाट शनिवार राति १२ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक धर्मराज भण्डारीले बताए।

पक्राउ परेकाहरु माथि मानव बेचबिखन तथा ओसार पसार अन्तर्गत मुद्दा चलाइने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भैरहवाको एसआर होटलबाट ४ भारतीय युवा र ६ युवती पक्राउ

दुबईमा नेपालीहरु जाने बेश्यालयहरु यस्तो रहेछ : (हेर्नुहोस भिडियो) Watch video:

Friday, March 11, 2016

काठमाडौँ, विश्वव्यापी नाकाबन्दी खेपिरहेको उत्तर कोरियाको पक्षमा चीन उभिएको छ ।

उत्तरकोरियाविरुद्ध विश्वव्यापी नाकाबन्दी लगाइएको छ भने अब दक्षिण कोरियाले पनि पुरै नाकाबन्दी गर्ने तयारी गरेको छ । दक्षिणले नाकाबन्दी लगाउने भनेपछि चीनले आपत्ति जनाएको छ । उसले उत्तरकोरियामा नाकाबन्दी लगाउँदा आफ्नो देशलाई पनि अप्ठ्यारो पर्ने भन्दै आवाज उठाएको छ ।

 एकपक्षीय नाकाबन्दीको चीनले विरोध गरेको हो । उसले उत्तरकोरियाविरुद्ध एकपक्षीय नाकाबन्दी लगाउँदा समस्याको समाधान गर्न नसक्ने बताएको हो ।

दक्षिण कोरियाले उत्तरकोरियालाई एकपक्षीय नाकाबन्दी लगाउने तयारी गरिरहँदा चीनले त्यसको खण्डन गर्दै दक्षिण कोरियाले उत्तरकोरिया विरुद्ध लगाउने एकपक्षीय नाकाबन्दीले चीनको हितमा क्षति ल्याउने सम्भावना रहेको भन्दै चर्को विरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 चिनियाँ परराष्ट्र मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता होङ लैले उत्तर कोरियाको सुरक्षा परिस्थिति जटिल भएको र समस्यासित सम्बन्धित पक्षले शान्तिपूर्ण उपायद्धारा समस्या समाधान खोज्नुपर्ने कुरामा जोड दिएका छन् । शेयर गर्नुहोस

नाकाबन्दी खेपिरहेको उत्तर कोरियाले पायो चीनको साथ ! अब के होला ?

Thursday, March 10, 2016

रामचन्द्र नेपाल
‘हजुर, लैनो भैंसी बेचेँ, ४२ हजारमा,’ श्रीमती मेनुकाले विनोदलाई फोनमा भनिन् । यो १० फागुनको कुरा हो । त्यसको हप्ता दिनपछि फेरि भनिन्, ‘हजुर, बाख्रा बेचेँ, पाँच हजारमा ।’


मेनुका महतो, घर सर्लाही जानकीनगर- ३ गंगापुर । मेनुका २१ वर्षीय विनोद महतोकी श्रीमती हुन् । घरमा सासु र तीन वर्षकी छोरी मात्र छन् । उनका श्रीमान विनोद १४ Binod-Mahatoमहिनाअगाडि रोजगारीका लागि मलेसियाका आएका थिए । श्रीमान मलेसिया छन् । तर, श्रीमतीले घरमा भैंसी र बाख्रा किन बेच्नुपर्यो त ? कथा लामो छ ।

बाबुआमा गुमाएपछि सुकुम्बासी

विनोद सात वर्षको हुँदा बुवा र आमाको मृत्यु भयो । गाउँमा छिमेकीको बिहे थियो । विनोदकी आमा घर पोत्ने माटो लिन गइन् । माटो खन्दै गर्दा ढिस्कोले पुरिएर आमाको मृत्यु भयो, बुवा पागलजस्तै भए । त्यसको एक वर्षमै बुवा पनि खसे ।

त्यतिबेला विनोदकी बहिनी पाँच वर्षकी थिइन्, बहिनी हुर्काउने जिम्मा उनकै काँधमा थियो । ५ धुर नापीको जग्गा थियो । बुवाआमाको मृत्युपछि आफन्तले उनको जग्गामा पनि आँखा गाडे । भएको जग्गा ठूलाठालुले लगे । उनीसँग अहिले एक कट्ठा ऐलानी जग्गा छ । त्यसैमा फुसको घर बनाएका छन् । त्यो घरले न पानी पर्दा ओत्छ न त घाम नै छेक्छ ।

पन्ध्र वर्षमा भारत

हजुरआमालाई बहिनीको जिम्मा लगाएर विनोद १५ वर्षको उमेरमा भारत पुगे । त्यहाँ कपडा सिलाउने काम सिके । घरको जिम्मेवारी पूरै भएकाले पनि होला निकै मेहनत साथ काम गरे । रातदिन, हिउँद-बर्खा केही भनेनन् । दुई वर्षमा पैसा पनि राम्रै कमाए । नेपाल फर्किएपछि उनी काठमाडौं आइपुगे । काठमाडौं कालोपुलमा रहेको गार्मेट उद्योगमा काम गरे । महिनाको १५ हजार त त्यो बेला उनी सजिलै कमाउँथे ।

सीपलाई गाउँमै प्रयोग

भारतमा सिकेको सीप अनि काठमाडौंमा कमाएको पैसालाई उनले जतनसाथ राखेका थिए । गाउँमा रहेको फरवार्ड भन्ने सहकारीबाट १० हजार ऋण लिएर कपडा सिलाउने मेसिन किनेर आफैँले सिलाउन थाले । कमाएर सहकारीको ऋण पनि समयमै तिरे । पछि २० हजार ऋण लिएर अर्काे सिलाउने मेसिन थपे । बहिनीको विवाह पनि गरिदिए ।

नन्दिनी टेलर्स

थोरै-थोरै जम्मा गरेको पैसाले उनी आफैँ पनि बिहे गरे । मेहनती विनोदलाई श्रीमतीले पनि निकै साथ दिइन् । यसो गर्दागर्दा एक वर्ष बितेछ । एउटा छोरी समेतको जन्म भयो । छोरी अहिले ती तीन वर्षकी छिन् ।

विनोदले गाउँभन्दा केहीपर हजार बिघा भन्ने ठाउँमा पुगेर सिलाई-कटाईको दोकान खोले । घरबाट सुरु भएको उनको सिलाई-कटाईको यात्रा बजारसम्म पुग्न भ्यायो । यताउता ऋण-धन खोजेर जम्मा भएको ४० हजार रुपैयाँले खोलेको उनको दोकानले राम्ररी कमाई गर्यो । दुई-चार पैसाको दुःख भएन । छोरीको नामबाट खोलिएको नन्दिनी टेलर्सको चर्चा टाढा-टाढा गाउँ हुन थाल्यो । खाली हात बस्नैनपर्ने भयो ।

विदेशको सपना

उनले नेपालमा राम्रै कमाई गरिरहेका थिए । गाउँका ठिटाहरू विदेश गएर आउने-जाने गरिरहँदा आफन्तले उनलाई समेत विदेशको सपना देखाए । ‘ल विनोद यत्रो सीप जानेका छौ, यसरी बसेर हुन्छ ?’ एक आफन्त पर्नेले भने । उनलाई पनि हो कि जस्तै लाग्यो । श्रीमतीलाई समेत नसुनाएर रातभरि सोचे । भोलिपल्ट उनै विदेश पठाउने आफन्तलाई भेटेर सोधे, ‘कति हुन्छ त महिनाको कमाई ?’ जवाफ पाए- लाएर खाएर ४० हजार त कतै नजा ।

पासपोर्टको मुखै देखेनन्

उनी श्रीमतीसँग सरसल्लाह गरेर काठमाडौं पासपोर्ट बनाउन हिँडिहाले । उनलाई विदेश पठाउन आफन्त पर्ने दलाल पनिसँगै काठमाडौं आए । एक हप्तामा पासपोर्ट बन्यो, तर पासपोर्ट कस्तो थियो, आफ्नै फोटो पनि थियो कि पत्ता नपाउँदै ती छिमेकीले पासपोर्ट लिएर भने, ‘ल अब तिमी गाउँ जाउ पैसाको जोहो गर भिसा झरेपछि म बोलाउँछु ।’ उनलाई एक लाख ४० हजार रुपैयाँ तयार गर्न भनियो ।

साहुको दैलो चहार्दै गाउँभरि

विनोद गाउँ फर्केर ऋणका लागि धेरैको दैलो चहारे । आफूले खोलेको पसल ४५ हजारमा बेचे । एक लाख गाउँकै साहुसँग ऋण लिए । ५० हजार रुपैयाँमा त्यही आफन्तपर्नेलाई जग्गा-जमिन दृष्टिबन्धक गरिदिए । आफूले कमाएको १० हजार गरी जम्मा उनीसँग दुई लाख पाँच हजार रुपैयाँ जम्मा भयो । उनले खर्च कटाउन सुरु गरे, पासपोर्ट बनाउँदा १० हजार खर्च भयो । सहकारीको ऋण २० हजार तिरे । घरमा खाना खर्च भनेर ३० हजार रुपैयाँ छाडेपछि बाँकी भएको रकम सबै आफन्तपर्ने दलाललाई बुझाएर दुई वर्षअगाडि उनी डिसेम्बरमा मलेसिया आइपुगे ।

दुःखका दिन एयरपोर्टबाटै सुरु

मलेसियाको एयरपोर्टबाट नै विनोदका दुःखका दिन सुरु भयो । पासपोर्ट लिएको मानिस विनोदलाई भेट्न आएन । मलेसियाको चौधमहिने बसाइँमा उनले कहिल्यै आफ्नो पासपोर्ट देख्न पाएनन् । मलेसियाबाट जोहोरबहरु पुर्याएपछि दलालसँग उनको सम्पर्क कहिल्यै पनि भएन । कम्पनीमा कुरा गर्दा ‘आफ्नो एजेन्टलाई भन’ भनियो ।

१७ कम्पनीमा काम, कमाइ ७५ हजार

चौध महिना मलेसिया बसाइँमा उनले १७ वटा कम्पनीमा काम गरे । तलब माग्दा ‘तिमीहरू इलिगल हौ’ भन्दै पैसा कम दिन्थे ।

मलेसिया बसुन्जेल मासिक तलब उनले बढीमा ७ सय ४७ र कममा ५० रिगेटसम्म पाए । कतिपय कम्पनीले पैसा दिने बेला कुरा गर्दा प्रहरी समेत बोलाउँथे । चौध महिना उनले जसोतसो ७५ हजार रुपैयाँ मात्र नेपाल पठाए ।

श्रीमतीले पठाएको पैसाले उनले एउटा ब्ल्यांकेट, एउटा लाइट, छोरीका लागि चकलेट र हजुरआमाका लागि केही सामान किनेका छन् ।

घर फर्कन भैँसी र बाख्रा बेचे

मलेसियामा अवैधानिकलाई पक्राउ गर्न सुरु गरेपछि विनोदले नेपाल फर्कने योजना बनाए । आफूसँगै काम गर्ने साथीहरुलाई आफ्नै आँखा अगाडि अवैधानिक भनी हतकडी लगाएर लगेको देख्न थाले । त्यसपछि उनलाई मलेसियामा एक छिन पनि बस्न मन भएन । घर फर्कन चाहे, तर फर्कन पैसा थिएन । घरमा फोन गरेर श्रीमती मेनुकालाई भने, ‘घरमा जे छ, त्यही बेच म नेपाल फर्कन चाहन्छु । घरमा पैसा नपठाएको धेरै भएको थियो । पठाएको पैसा सबै खानपिनमै सकिएको थियो । श्रीमतीले घरमा भएको लैनो भैँसी र बाख्रा बेचिन् र श्रीमानलाई नेपाल झिकाउने निधो गरिन् ।

श्रीमतीले पठाएको पैसाले ब्ल्यांकेट किने

यही २५ फागुनमा विनोद मलेसियाबाट काठमाडौं पुगेका छन् । काठमाडौंमा एक संस्थाको सेल्टरहाउसमा बसेर मंगलबार साँझ मात्रै उनी घर पुगेका हुन् । श्रीमतीले पठाएको पैसाले उनले एउटा ब्ल्यांकेट, एउटा लाइट, छोरीका लागि चकलेट र हजुरआमाका लागि केही सामान किनेका छन् । आफैँले सिलाएको रातो सर्ट लगाएका छन् । कालो छालाको जुत्ता लगाएको भए पनि तुना थिएन ।

क्वालालम्पुरमा बिदा हुन थाल्दा गहभरि आँसु पार्दै उनले भने, ‘लहैलहैमा विदेश आएँ । आफ्नैले ठग्दा रैछन् । साहुको ऋण जस्ताको त्यस्तै छ । दृष्टिबन्धक गर्नेलाई कानुनमा ल्याएरै छाड्छु ।’श्रोत अनलाइन खबर बाट

- See more at: http://www.lightnepal.com/5045#sthash.vgZQH6IY.Zrb4tAgA.dpuf

मलेशियाबाट श्रिमानलाई घर फर्काउन श्रिमतिले घरको लैनो भैँसि र बाख्रा बेचि पैसा पठाइन् -

काठमाडौँ को नाइट क्लब - युवतीहरुको सेक्सी डान्स >>> {भिडियो}

सार्बजनिक कार्यक्रम मा हलिवुड नायिकाहरुको लज्जास्पत मोमेन्ट >> {भिडियो}

सेक्सी डान्स भनेको त यस्तो पो हुनु पर्छ (हेर्नुहोस भिडियो सहित)

Wednesday, March 9, 2016

ल हेर्नुहोस नम्मर १ मसाज गर्ने ठाउँ ????

संयुक्त राज्य अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेशनले गरेको अनुसन्धानमा जनाइए अनुसार विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता पनि फरक हुने गर्छ। तपाईंले कति घण्टा सुत्नु पर्छ ? हामीहरु प्रायले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं। तर पर्याप्त निद्रा भनको कति हो त? अमेरिकामा हालै गरिएको एक अनुसन्धानले भनेको छ त्यो तपाईंको उमेरमा भर पर्छ।

सुत्ने नियमितताको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभावित गर्ने गर्छ।अमेरिकामा भर्जीनीया राज्यको आर्लींगटनमा कार्यालय रहेको निद्रा विषयमा अनुसन्धान गर्ने एउटा संस्था न्याशनल स्लीप फाउण्डेशनका अनुसार व्यक्तिको निद्राको आवश्यकता उस्को जीवनशैलीमा आधारित हुने गर्छ।

नवजात शिशुहरुलाई अरु उमेरका मानिसभन्दा बढी निन्द्राको आवश्यकता पर्छ, तिनीहरुका लागि १९ घण्टासम्म सुत्नु सामान्य हो।तर उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्ने गर्छ।नवजात १-३ महिनास् भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ। ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुंदैन।

शिशु ४-११ महिना०स् यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो। कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरुलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुंदैन।वामे सर्नेहरु १-२ बर्ष यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नु पर्छ। यिनीहरुका लागि स्वीकार्य ‌९ देखि १६ घण्टाको निद्रा हो।विद्यालय जानु अघिका३-५ बर्ष विशेषज्ञहरु यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नु पर्ने बताएका छन्। तर ८ घण्टाभन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा यिनीहरुलाई उपयुक्त हुंदैन।

स्कुले उमेरका ६-१३ बर्ष अमेरिकी निद्रा फाउण्डेशनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ। ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन।किशोरकिशोरी १४-१७ बर्ष किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो। तर यिनीहरुले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउण्डेशनले जनाएको छ।

युवा १८-२५ बर्ष युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो। तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुंदैन।वयस्क ९२६-६४ बर्ष०स् यो उमेर समूहका लागि सुझाइएको निद्राको अवधि युवाहरुको लागि जस्तै छ।बृद्ध ६५ बर्ष भन्दा माथि यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७-८ घण्टाको निद्रा स्वस्थ मानिएको छ। तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन।

कुन उमेरको मानिस कति घण्टा सुत्नु ठिक हुन्छ ? जानी राखौ -

 
Videos & Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism