Tuesday, March 15, 2016

सिमलु छायाले भन्ने भिडियो बनाउदा यस्तो देखियो हेर्नुहोस भिडियो!!!

काखी तथा गुप्तांगका रौँ सफाचट् पार्नका लागि विभिन्न खाले सौन्दर्य प्रशाधनका विधिहरु तर्फ आधुनिक युवतीहरु आकषिर्त हुन्छन् । उल्लेखित अंगका रौँ मात्र होइन आँखिभौँ तथा सरीरका अन्य भागमा पलाएका रौँ समेत उखेलेर वा खौरेर सुन्दर देखिने लालसा युवतीहरुमा हुन्छ र यसका लागि धेरै खर्च समेत गर्न पछि पर्दैनन् । तर दक्षिण कोरियाली युवतीहरुमा भने गुप्तांगका रौँ पाल्ने प्रचलन फस्टाएको मात्र छैन गुप्तांग क्षेत्रमा रौँ प्रत्यारोपण गर्ने चलन पनि बढेको छ ।


यो वर्षको सुरुतिर अमेरिकाको एक म्यागेजिनले न्युयोर्कका ब्यूटी सैलुनहरुमा महिलाहरुको गुप्तांगका रौँ बढाउने ब्राजिलीयन मैन विधिको क्रेज बढिरहेको समाचार छापेको थियो । गुप्तांगका रौँ पाल्ने संस्कृतिका विषयमा म्यागेजिनले विशेष अंक नै छापेकेा थियो कुनैबेला । तर अहिले दक्षिण कोरियामा गुप्तांगका रौँ पाल्ने संस्कृति नै फस्टाएको समाचार आएको छ । रिफाइनरी ट्वान्टी नाइन नाम वेबसाइटका अनुसार ‘रौँ कलमी’ दक्षिण कोरियाको विषय बनिरहेको छ । निकै बढेका तथा बाक्लो गुप्तांगका रौँ हुनुलाई कोरियामा युवतीको प्रजनन क्षमता तथा यौन स्वास्थ्यको सूचकको रुपमा मानिन्छ । त्यसैले गुप्तांगमा रौँ कम हुने युवतीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यमा कमजारे युवतीको रुपमा लिइन्छ ।


कोरियन एसोसिएसन अफ मेडिकल इडिटर्सका अनुसार दक्षिण कोरियामा हरेक १ सय जनामा १० जना युवतीहरुमा गुप्तांगमा पर्याप्त रौँ नहुने समस्या छ । यसलाई प्युबिक आटि्रकोसिस नाम दिइएको छ । गुप्तांगमा पर्याप्त रौँ नहुने यस्तो समस्या भएका युवतीहरु आफ्नो श्रीमान वा प्रेमीको दबाबका कारण पनि गुप्तांगमा रौँ प्रत्यारोपण गराउने तर्फ अग्रसर हुँदै गएको बताइन्छ । यस अन्तरगत टाउकोबाट रौँ उखेलेर त्यसलाई गुप्तांगमा प्रत्यारोपण गरिन्छ । यो निकै महंगो पद्धति भएपनि युवतीहरुले आफुलाई युवकहरुको रोजाइमा पार्न तथा यौन र वैवाहिक जिवनलाई सफल बनाउन गुप्तांगमा रौँ प्रत्यारोपण गर्ने गरेका छन् ।

कोरियन युवतीहरुले किन पाल्छन् योनीमा रौँ ? थाहा पाई राखौ ! (भिडियो सहित )..

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको लक्षण हो । यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् ती मध्ये केही यहाँ भनिएको छ ः

१. बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

२. अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

३. आलुको जुस
आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।

४. अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।

५. बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा Antacid भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।

६. दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।

७. हिंग
हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।

८. जिरा बिउ
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।

९. लसुन
२ ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु ।

१०. सौंप
सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सौंपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस् ।

११. पुदिना
एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई / तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।

ग्यास्ट्रिकका उपचार अब आफैँ गर्न सकिने!!!!

Sunday, March 13, 2016

भैरहवा, ३० फागुन - जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाको देवकोटा चोकस्थित एसआर होटलबाट ४ भारतीय युवा र ६ युवतीलाई पक्राउ गरेको छ।

त्यस्तै भारतीय युवाहरुलाई यौन क्रियाकलापका लागि युवती मिलाइदिने थप दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ पर्नेहरुमा भारत फैजावादका सैभाग यादव, विशाल सिंह, राकेश सिंह र अनिल कुमार सिंह रहेको छन्।

त्यस्तै युवती मिलाइदिनेमा नवलपरासी भुमही १ का रामबहादुर रुचाल र बुटवलस्थित ककटेल रेष्टुरेण्टका सञ्चालक गब्बर श्रीसमगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

पक्राउ परेका ६ जना युवतीहरु रुपन्देही, कपिलवस्तु, बाग्लुङलगायत जिल्लाका छन्। होटलमा होहल्ला गरिरहेको प्रहरीलाई सूचना आएपछि उनीहरुलाई होटलबाट शनिवार राति १२ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक धर्मराज भण्डारीले बताए।

पक्राउ परेकाहरु माथि मानव बेचबिखन तथा ओसार पसार अन्तर्गत मुद्दा चलाइने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भैरहवाको एसआर होटलबाट ४ भारतीय युवा र ६ युवती पक्राउ

 
Videos & Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism